उत्तरी गोरखाको साम्दोमा भारी हिमपात

हिमाल प्रेस २८ चैत २०८१ ११:५९ | Thursday, April 10, 2025
उत्तरी गोरखाको साम्दोमा भारी हिमपात

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ साम्दो क्षेत्रमा भारी हिमपात भएको छ।

गएरातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए।’गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्,हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ’,उनले भने।

साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्। स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ।

हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए। लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ।

प्रकाशित: २८ चैत २०८१ ११:५९ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast