सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस २८ चैत २०८१ ११:३८ | Thursday, April 10, 2025
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

साथै चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० रुपैयाँ पुगेको छ।

प्रकाशित: २८ चैत २०८१ ११:३८ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast