तीनजुरेबाट कोशी प्रदेशले थाल्दैछ पर्यटन महोत्सव, उपप्रधानमन्त्री जाने

हिमाल प्रेस २७ चैत २०८१ ९:३९
22
SHARES
तीनजुरेबाट कोशी प्रदेशले थाल्दैछ पर्यटन महोत्सव, उपप्रधानमन्त्री जाने

काठमाडौँ- कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन बुधबार हुँदैछ।

प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्ष आरम्भ गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्तिम समयमा नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरम्भ गर्ने छन्।

पर्यटन वर्षको लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ। पर्यटन वर्षमा कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई सजिलोका लागि नाकाहरूमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ।

स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बिच बाटोमा जाँच नगर्ने बताइएको छ ।

प्रकाशित: २७ चैत २०८१ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast