जेठ ९ मा सर्‍यो राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’

हिमाल प्रेस १८ चैत २०८१ १७:३८ | Monday, March 31, 2025
जेठ ९ मा सर्‍यो राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’

काठमाडौँ- फिल्म ‘नरसिंहा अवतार’ आगामी वर्ष जेठ ९ गते प्रदर्शन हुने भएको छ। फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी वर्ष जेठ ९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

यसअघि फिल्म यही चैत २९ गते प्रदर्शन गर्ने भनिएको थियो। एकै मितिमा तीन फिल्म प्रदर्शन हुने भएपछि पाेष्ट प्राेडक्सनकाे काम नसकिएकाे भन्दै टिमले केही साता अघि फिल्म सार्ने बताएका थिए। सोही मितिमा अन्य दुई कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ प्रर्दशन हुँदैछ।

फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको छ। जसमा अभिनेता राजेश हमाल र राज कटुवाल अटाएका छन्। अभिनेता हमालले ८ वर्षपछि यही फिल्मबाट कमब्याक गर्दैछन्। पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराई हुन्। फिल्ममा राज र राजेशसहित सरोज खनाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीवजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतका कलाकारको अभिनय छ।

राजुविक्रम थापाले छायांकन गरेको फिल्म मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा तथा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन निर्देशनमा बनेको छ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी गरेका छन्।

प्रकाशित: १८ चैत २०८१ १७:३८ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast