स्थगित भयो राज सिग्देलको एकल गजल गायन

हिमाल प्रेस १५ चैत २०८१ २१:०१ | Friday, March 28, 2025
स्थगित भयो राज सिग्देलको एकल गजल गायन

काठमाडौँ- गायक राज सिग्देलले गर्ने भनिएको एकल गजल गायन स्थगित भएको छ। शुक्रबार भएको राजावादीको प्रदर्शनमा जनधनको क्षति भएपछि कार्यक्रम केही समय सार्ने निर्णय गरिएको हो।

‘देशको अवस्था हेरेर भोलि हुने ‘बिम्ब उत्सव २०८१’ राज सिग्देल एकल गजल गायन कार्यक्रम केही समयको लागि सार्ने निर्णय गर्‍यौँ,’ बिम्ब आर्ट्सकी संस्थापक तथा कलाकार संगीता थापाले फेसबुकमा लेखेकी छन्, ‘आजको देशको यो स्थितिमा हामीलाई बिम्ब उत्सव गरौं भन्ने लागेन।’

उनले कार्यक्रम गर्न नसकेकोमा क्षमासमेत मागेकी छन्। कार्यक्रम शनिबार थापागाउँस्थित मण्डला थिएटरमा हुने तयारी गरिएको थियो।

प्रकाशित: १५ चैत २०८१ २१:०१ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast