काठमाडौँ- गायक राज सिग्देलले एकल गजल गायन गर्ने भएका छन्। उनले बिम्ब आर्ट्सको प्रस्तुतिमा एकल गजल वाचन गर्न लागेका हुन्।
कार्यक्रम भोलि अर्थात् शनिबार थापागाउँस्थित मण्डला थिएटरमा हुने आयोजक संस्थाकी संस्थापक तथा कलाकार संगीता थापा मगरले बताइन्।
उनकाअनुसार अपराह्न ४ बजे सुरु हुने कार्यकम्रमा संगीतकार चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमले १० गजलकारको गजल वाचन गर्नेछन्।
कार्यक्रम प्रवेश शुल्क पाँच सय र एक हजार रुपैयाँ राखिएको छ। सिग्देलको ‘उ जितेर गइ या हारेर गइ’, ‘रुन लाइ त हो नि माया लाउनी’, ‘आँधी रात’ लगायत थुप्रै गजल गीत चर्चित छन्।
प्रकाशित: १५ चैत २०८१ १७:५४ | Friday, March 28, 2025
प्रतिक्रिया



