पर्यटन क्षेत्र बनाउने भनेकै निजी क्षेत्रले हो : मन्त्री पाण्डे

हिमाल प्रेस १५ चैत २०८१ १३:१४ | Friday, March 28, 2025
पर्यटन क्षेत्र बनाउने भनेकै निजी क्षेत्रले हो : मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन्। आव २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन, नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनुपर्ने विषयका सन्दर्भमा सरोकारवालासँग शुक्रबार आयोजित छलफल र सुझाव संकलन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्र सक्रिय नभईकन पर्यटन क्षेत्रको विकास हुन सक्दैन।

पर्यटन क्षेत्र बनाउने भनेकै निजी क्षेत्रले हो। निजी क्षेत्रले गन्तव्य पहिल्याइदिनुपर्छ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताए।

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभई नीतिमा बनाइने बताए। कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेष क्षेत्रमा राख्नुपर्ने, हवाई भ्याट घटाउनु पर्ने, विदेशीहरुको भिसा लब्याउन सहजीकरण गर्नुपर्ने, नेपालको एयरलायन्सको संख्या बढाउनुपर्ने, कैलाश मानसरोवर जाने भारतीय पर्यटकहरुलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रबन्ध गरेर अघि बढ्नुपर्नेलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए।

प्रकाशित: १५ चैत २०८१ १३:१४ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast