टेलिकमले ल्यायो एसईई परीक्षार्थीका लागि अफर

हिमाल प्रेस १३ चैत २०८१ २०:११ | Wednesday, March 26, 2025
टेलिकमले ल्यायो एसईई परीक्षार्थीका लागि अफर

काठमाडौँ- नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ ल्याएको छ। टेलिकमले एसईई दिएका परीक्षार्थीहरूलाई बीस रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने गरी अफर ल्याएको हो।

अफरअन्तर्गत उपलब्ध गराउने सिमकार्डमा ‘बोनस अन रिचार्ज’ पनि दिइने र यो आगामी चैत १५ देखि २०८२ असार ३० सम्म उपलब्ध रहने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार यो सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुने छ। सिमकार्ड ‘एक्टिभेट’ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले जनाएको छ।

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरिरहेका परीक्षार्थीहरूले समेत यही सिमकार्डमा अफरहरू उपभोग गर्न सकिने व्यवस्था टेलिकमले गरेको छ।

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरूले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। यसका अतिरिक्त ३० दिनसम्म प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र पाँच सय एमबी डाटा प्राप्त गर्नेछन्।

नयाँ सिमकार्ड प्राप्त गर्न परीक्षार्थीले एसईईको प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, फोटो र आफ्नो अभिभावको परिचय खुल्ने सरकारी परिचयपत्रको फोटोकपी पेस गर्नुपर्ने टेलिकमले जनाएको छ।

प्रकाशित: १३ चैत २०८१ २०:११ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast