इटहरीस्थित सेन्टर प्लाजामा आगलागी

हिमाल प्रेस १३ चैत २०८१ ११:०४ | Wednesday, March 26, 2025
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी

इटहरी- इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चौकमै रहेको सेन्टर प्लाजामा आज (बुधबार) बिहान करिब ९ः३५ बजेतिर आगलागी भएको हो ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। अहिले दमकलमार्फत नेपाल प्रहरी, नगर प्रहरीसहित स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो। उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागी नियन्त्रणपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ चैत २०८१ ११:०४ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast