ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

हिमाल प्रेस ११ चैत २०८१ १९:४६ | Monday, March 24, 2025
ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ अवसरमा विद्यार्थी तथा युवालक्षित साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले सातै प्रदेशमा युवा तथा विद्यार्थीलक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको हो। देशव्यापी रूपमा आयोजना भएको यो कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी भएको बैंकले जनाएको छ।

यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारी वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका थिए।

आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तिीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ११ चैत २०८१ १९:४६ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast