स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ : सुदूरपश्चिम मुख्यमन्त्री

हिमाल प्रेस १० चैत २०८१ २०:१३ | Sunday, March 23, 2025
स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ : सुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाह। फाइल तस्बिर

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताएका छन्।

आज (आइतबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका राष्ट्रिय महासंघका टोलीसँगको छलफलमा उनले छिट्टै स्थानीय सेवा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री शाहले भने, ‘स्थानीय सेवा ऐन प्रदेश सरकारले तत्काल जारी गर्नेछ, बाँकी मागका विषयमा आवश्यक छलफल गरेर सम्बोधनको पहल गरिने छ।’

महासंघले मुख्यमन्त्रीलाई चारबुँदे मागपत्र पेस गरेको छ। स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने, समपूरक र विशेष अनुदानमा प्राथमिकता दिनुपर्ने, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालन गर्न आवश्यक वातावरण बनाइनुपर्ने, महासंघको प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि स्रोत उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन्।

प्रकाशित: १० चैत २०८१ २०:१३ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast