अत्यधिक खर्च र सन्तोषजनक परिणाम नदिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग खारेजीमा हस्ताक्षर

हिमाल प्रेस ८ चैत २०८१ ८:४२ | Friday, March 21, 2025
अत्यधिक खर्च र सन्तोषजनक परिणाम नदिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग खारेजीमा हस्ताक्षर फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बिहीबार विद्यार्थीहरूको उपस्थितिमा शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले विभागले अत्यधिक खर्च गर्दा पनि सन्तोषजनक परिणाम नदिएको भन्दै खारेजी प्रक्रिया सुरु गर्न शिक्षा मन्त्रीलाई निर्देशन दिएका छन्।

उनले शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई राजीनामा दिन सुझाएका थिए। सीएनएनका अनुसार ट्रम्प अमेरिका इतिहासमा विभाग खारेज गर्ने पहिलो राष्ट्रपति बनेका छन्। यद्यपि संसद्ले यसलाई अस्वीकृत गर्ने सम्भावना रहेको जनाइएको छ।

ट्रम्पले चुनावकै बेला शिक्षा विभाग खारेज गर्ने घोषणा गरेका थिए र यसलाई राज्य र स्थानीय तहमा सुम्पनुपर्ने बताएका थिए। ह्वाइट हाउसले शिक्षा क्षेत्रमा संघीय सरकारको खर्बौं डलरको लगानी ब्यर्थ गएको निष्कर्ष निकालेको छ।

शिक्षक महासंघ र डेमोक्र्याटिक सांसदहरूले ट्रम्पको आदेशको विरोध गर्दै अदालत जाने तयारी गरेका छन्।

प्रकाशित: ८ चैत २०८१ ८:४२ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast