स्थगित हुँदै ‘सक्किगोनि’ सिरियल

हिमाल प्रेस ७ चैत २०८१ ८:१२ | Thursday, March 20, 2025
स्थगित हुँदै ‘सक्किगोनि’ सिरियल

काठमाडौँ- टीभी सिरियल ‘सक्किगोनि’ केही समयका लागि स्थगित भएको छ। निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै नयाँ सिजन ल्याउने बताएका हुन् ।

श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शन भैरहेको छ। फिल्मपछि अब कम्पनीले श्रृंखलाको चौंथो सिजन ल्याउने बताएको हो।

पाँडे लेख्छन्, ‘तेस्रो सिजनका ९३ शृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ। यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ।’

पाँडेले चौंथो सिजनलाई कस्तो बनाउने भन्ने बारेमा दर्शकको सुझाव पनि मागेका छन्। उनी लेख्छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठासजस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ।’

प्रकाशित: ७ चैत २०८१ ८:१२ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast