विराटनगरको महेन्द्र मोरङमा क्रान्तिकारीको जित, एमाले निकट अखिल तेस्रो

हिमाल प्रेस ७ चैत २०८१ ७:४०
14
SHARES
विराटनगरको महेन्द्र मोरङमा क्रान्तिकारीको जित, एमाले निकट अखिल तेस्रो

काठमाडौँ- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापति अखिल क्रान्तिकारीले हात पारेको छ।

क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन्। उनले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाए। तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन्।

मंगलबार भएको निर्वाचनमा ५९८४ मतदातामध्ये २६३१ मत खसेको थियो । महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले विराटनगरमै तीनवटा आंगिक क्याम्पसको स्वविय सभापति जितेको छ ।

प्रकाशित: ७ चैत २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast