शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

हिमाल प्रेस ६ चैत २०८१ ११:३७ | Wednesday, March 19, 2025
शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरूलाई शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना  गर्न निर्देशन दिएको छ।

विभागले एक आधिकारिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) को उल्लंघन नगर्न आग्रह गरेको हो।

कतिपय विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्दै जनगुनासो प्राप्त भएको सूचनामा जनाइएको छ। महानगरले नियम उल्लंघन गरिए कानुनी कारवाही गरिने चेतावनी दिएको छ।

शिक्षा अधिकारी केशव ज्ञवालीले भने, ‘कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नहुने व्यवस्था छ।’ उनले विद्यालयहरूलाई नियम पालना गर्न र विद्यार्थीलाइ शैक्षिक सत्र सुरुपछि मात्र भर्ना गर्न आग्रह गरेका छन्।

यस आदेशको उद्देश्य विद्यालय शिक्षा व्यवस्थापनमा पारदर्शिता ल्याउनु र विद्यार्थीहरूको भर्ना प्रक्रिया व्यवस्थित गर्न रहेको विभागले जनाएको छ।

प्रकाशित: ६ चैत २०८१ ११:३७ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast