
काठमाडौँ- प्रधानमन्त्री कप (पीएम) कपमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको हो। इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए भने बिपिन ६३ रनमा अविजित रहे । शुभ कंसाकारले ५२ रन बनाए ।
२११ रन बनाउँदा ८ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् ।
बिबेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे। गण्डकीका लागि अर्जुन कुमालले ७ ओभरमा ४० रन दिएर ४ विकेट लिए। कप्तान विपिन खत्री र सुबास भण्डारीले २-२ विकेट लिए।
प्रकाशित: ५ चैत २०८१ १२:५८
प्रतिक्रिया