तयारी गरेर आएकाे हुँ, डेब्युकाे प्रेसर लिएको छैन : सागर खनाल

हिमाल प्रेस ५ चैत २०८१ १०:५२
26
SHARES
तयारी गरेर आएकाे हुँ, डेब्युकाे प्रेसर लिएको छैन : सागर खनाल

काठमाडौँ- यही चैत्र ८ देखि प्रदर्शन हुने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) बाट सागर खनालले अभिनय डेब्यु गरेका छन्।

लामो प्रतीक्षापछि ठूलो पर्दामा डेब्यु गर्न पाउँदा उनी निकै उत्साहित छन्। साथै फिल्ममा डेब्यु गर्न आफूले कडा मेहनत गरेको दाबीसमेत गर्छन्।

यसअघि उनले टिभीसी एड र केही म्युजिक भिडियोमा काम गरिसकेका छन्। आफ्नो सपना पूरा हुने संघारमा सागरलाई उत्साहसँगै डर पनि उत्तिकै छ। आफ्नो पहिलो कामलाई दर्शकले कसरी लिन्छन् र कस्तो प्रतिक्रिया मिल्छ भन्ने डर उनको मनमा छ।

ओस्कार कलेजमा अभिनय पढेका उनलाई फिल्म ‘११ः५५’मा मुख्य भूमिकामा विश्वास गरेकोमा उनी निर्माण टिमप्रति आभारी छन्। आफूने निर्माण टिमको विश्वासप्रति आफूले मेहेनत गरेको उनी बताउँछन्। ‘मेरो काम देखेर निर्माण टिमपनि खुशी बन्नुभएको छ’,उनले भने। आगामी दिनमा अझै राम्रा र चुनौती पूर्ण रोलमा काम गर्ने उनको इच्छा छ।

उनले डेब्युबाट आफूले प्रेसर नलिएको उनी बताउँछन्। ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु। यो कुराको लागि अलिकति रेडी पनि थिए। सिनेमा डेब्युकाे तयारीको लागि समय लिए। झ्वाट्टै आइहालेको पनि होइन्। कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर तयारी गरे। त्यही भएर डेब्युको प्रेसर नलिएको हुँ,’ खनालले भने।

फिल्मलाई अडियन्सको रेस्पोन्स कस्तो आउला भन्ने प्रेसर हुने उनले सुनाए। यो फिल्ममा  विशेषगरीः आफू ओस्कार कलेज पढ्दै गर्दा अभिनय पढाएका महेश त्रिपाठीसँग स्क्रिन सेयर गर्न पाउनु सबैभन्दा ठूलो उपलब्धि जस्तो उनलाई लाग्छ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखक तथा निर्देशक केशव पाण्डे हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्मको कथा पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन्।

सागरसहित फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय छ।

प्रकाशित: ५ चैत २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast