प्यूठानको इतिहास लेखिएको ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

हिमाल प्रेस ४ चैत २०८१ १२:२०
34
SHARES
प्यूठानको इतिहास लेखिएको ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

काठमाडौँ- ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ। बाल शिक्षा माध्यामिक विद्यालय, पूर्वविद्यार्थी समाजले ग्रन्थ प्रकाशन गरेको सोही पुस्तकको सांसद सूर्य थापाले विमोचन गरेका थिए। विमोचनका क्रममा थापाले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताए।

उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उनले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताए।

‘मसालका महासचिव मोहनविक्रम सिंहले टुँडिखेल जत्रा उपन्यास लेख्नुहुन्छ। भर्खरै पनि उपन्यास (जलजला) आएका छ,’ थापाले थपे,‘तर, यो पुस्तकमा संस्करण गर्न किन कुन्जुस्याइँ गर्नुभयो?’ थापाले पुस्तककार उपाध्याय र नेता सिंह दाजुभाइ दाबी गर्ने तर स्मरणमा लेख्न कन्ज्याइँ गरेको गुनासो गरे। ‘मोहनविक्रमजीले जति पनि कन्जुस्याइँ गरे पनि यो पुस्तकमा दुई परिवार (मोहनविक्रम र उपाध्याय परिवार)को घटना छर्लंग छ।’

प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिबारे पनि संस्मरण ग्रन्थ लेख्न आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको बताए। ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास व्यक्त गरे।

ग्रन्थमा ९८ जना व्यक्तिले भक्तिरामको बारेमा लेखेका छन्। प्यूठान ओखरकोटमा जन्मिएका भक्तिरामले तत्कालीन बीपी कोइरालाको नेतृत्वमा सञ्चालित विसं २००७ को क्रान्तिमा सक्रिय सहभागिता जनाएको उनका छोरा हरिप्रसाद पोखरेलले जानकारी दिए।

प्रकाशित: ४ चैत २०८१ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast