यस्तो छ अञ्जना अभिनीत ‘डोरी’ को ट्रेलर

हिमाल प्रेस ४ चैत २०८१ १२:१४ | Monday, March 17, 2025
यस्तो छ अञ्जना अभिनीत ‘डोरी’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘डोरी’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट तीन सेकेन्डको ट्रेलर डोरीको खोजतलासकै वरपर घुमेको छ।

केही थ्रिलर र हरर दृश्य समावेश गरिएकाे फिल्ममा डोरी खोज्ने क्रममा आइपर्ने घटनाक्रमलाई सामाजिक कथाका रुपमा देखाइएको निर्माण टिमले जनाएको छ।

चैत १५ देखि प्रदर्शन हुने फिल्मका निर्देशक अरुण लामा हुन्। निर्देशक लामाकै कथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरमा मनोज पण्डित छन्।

निर्देशक लामाकै मुख्य रहेको फिल्ममा अञ्जना बराइली, प्रवीण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, रामबाबु रेग्मीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन्। सौरभ लामाले छायांकन गरेको फिल्म मिलन श्रेष्ठको सम्पादन, राजनराज शिवाकोटीको संगीत, राजु तामाङको एक्सन निर्देशन र दिनेश बहादुर रावतको मुख्य सहायक निर्देशनमा बनेको छ।

प्रकाशित: ४ चैत २०८१ १२:१४ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast