साझा यातायातका नयाँ पदाधिकारी। तस्बिर स्रोत : कनकमणि दीक्षितको फेसबुक
                                            काठमाडौँ- साझा यातायातको अध्यक्षमा सुशील प्याकुरेल निर्वाचित भएका छन्। साझा यातायातको आइतबार सम्पन्न साधारणसभाले नयाँ कार्यकारी समिति तथा लेखा समिति निर्विरोध निर्वाचित गरेको हो।
सदस्यहरूमा कमल पाण्डे, कुलाल डंगोल र सृजना देवकोटा निर्वाचित भएका छन्। यसैगरी लेखा समिति संयोजकमा प्रदीप उपाध्याय तथा सदस्यद्वयमा विकास रौनियार र नारायण पौडेल निर्वाचित भएको साझा यातायातले जनाएको छ।
                            प्रकाशित: ३ चैत  २०८१ १६:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

