भारतीय सिनेमामा डेविड वार्नरको ‘इन्ट्री’

हिमाल प्रेस २ चैत २०८१ १८:०९ | Saturday, March 15, 2025
भारतीय सिनेमामा डेविड वार्नरको ‘इन्ट्री’ डेविड वार्नर

काठमाडौँ- अस्ट्रेलियाका पूर्वक्रिकेटर डेविड वार्नर भारतीय फिल्ममा देखिने भएका छन्। यो जानकारी उनले साझा गरेका हुन्।

वार्नरका अनुसार उनी तेलुगु फिल्म ‘रौबिनहुड’ मा डेब्यू गर्न लागेका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारतीय सिनेमामा आउन लागेको छु। सुटिङको खुबै आनन्द लिएको छु। रौबिनहुडको हिस्सा बन्न पाउँदा ज्यादै खुसी लागेको छ।’

फिल्म निमार्ताले वार्नरको स्वागत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘बाउन्ड्रीदेखि बक्स अफिससम्म, इण्डियन सिनेमामा वार्नरलाई स्वागत छ।’

फिल्ममा प्रमुख भूमिकामा रहेको तेलुगु कलाकार नितिनले पनि वार्नर फिल्ममा आउन लागेको जानकारी दिएका छन्। उनले एक्समा लेखेका छन्,‘ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म मैदानसम्म। स्वागत भाइ डेविड वार्नर।’

यो फिल्म २८ मार्चका दिन विश्वव्यापी रूपमा रिलिज हुन लागेको छ। फिल्मलाई वेन्की कुडुमुलाले निर्देशन गरेका छन्।

प्रकाशित: २ चैत २०८१ १८:०९ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast