प्रधानमन्त्री कप क्रिकेट : बागमतीको पहिलो जित

हिमाल प्रेस १ चैत २०८१ १८:१७ | Friday, March 14, 2025
प्रधानमन्त्री कप क्रिकेट : बागमतीको पहिलो जित

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो।

२ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो। सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो। बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपीएफलाई दुई विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ। एपीएफले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६ दशमल २ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले २७ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो। एपीएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए।

प्रकाशित: १ चैत २०८१ १८:१७ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast