
काठमाडौँ– नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमालेले चैत ४ गते बस्ने गरी सचिवालय बैठक बोलाएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आगामी चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
प्रकाशित: १ चैत २०८१ १५:३३
प्रतिक्रिया