रहेनन् अग्रज साहित्यकार लीलबहादुर क्षेत्री

हिमाल प्रेस १ चैत २०८१ ८:१८ | Friday, March 14, 2025
रहेनन् अग्रज साहित्यकार लीलबहादुर क्षेत्री तस्बिर बीबीसी नेपाली

काठमाडौँ- अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको ९४ वर्षको उमेरमा बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित आफ्नै निवासमा निधन भएको छ।

नेपाली भाषाका प्रसिद्ध उपन्यासकार र पद्मश्री सम्मान प्राप्त क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको समापन भएको भारतीय नेपाली साहित्यकारहरूले बताएका छन्।

भारतको असममा जन्मेका क्षेत्रीको ‘बसाइँ’ उपन्यास चर्चित रहेको छ। यस उपन्यासले उनलाई साहित्य अकादमी पुरस्कार दिलाएको थियो। उनका अन्य कृतिहरूमा ‘अतृप्त’, ‘प्रतिध्वनिहरू’ , ‘विस्मृतिको असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका उपन्यास र गैरआख्यानहरू समावेश छन्।

उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपाली भाषा र साहित्यको प्रबर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनलाई नेपालबाट २०७२ सालमा जगदम्बा पुरस्कार प्राप्त भएको थियो।

प्रकाशित: १ चैत २०८१ ८:१८ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast