ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ सर्वसाधारणलाई खुला, आवेदन दिने समय सीमा चैत ३ सम्म

हिमाल प्रेस २७ फागुन २०८१ १२:०० | Tuesday, March 11, 2025
ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ सर्वसाधारणलाई खुला, आवेदन दिने समय सीमा चैत ३ सम्म

काठमाडौँ- ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ अब सर्वसाधारणका लागि उपलब्ध छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओको बाँडफाँट पछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि श्रम स्वीकृति लिई बाँडफाँट गरिएको छ।

यसका अतिरिक्त, कम्पनीले ५४ हजार कित्ता सेयर आफ्ना कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। अब, कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता  आईपीओ निष्कासन गरेको छ।

यस आईपीओमा आवेदन दिनका लागि न्यूनतम १० कित्ताको आवेदन गर्नु पर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। चैत ३ गतेसम्म आवेदन दिन सकिन्छ र यदि त्यसअघि सबै कित्ताका लागि आवेदन प्राप्त नहुन सकेमा बिक्री अवधि चैत १२ गतेसम्म लम्बिन सक्छ।

कम्पनीको सेयर निष्कासन र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरूको तोकिएका शाखा कार्यालयहरूबाट तथा ‘मेरो सेयर’ सफ्टवेयर मार्फत सी-आस्बा प्रणालीद्वारा आवेदन दिन सक्नेछन्।

प्रकाशित: २७ फागुन २०८१ १२:०० | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast