गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी संवैधानिक सुनुवाइ हुँदै

हिमाल प्रेस २२ पुष २०७९ ८:५०
2
SHARE
गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी संवैधानिक सुनुवाइ हुँदै

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ । अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ।

प्रकाशित: २२ पुष २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast