ज्ञानेन्द्रको सत्कारको जुलुस ‘माग्ने बुढा’को फिल्ममा हेर्न पाइने

हिमाल प्रेस २६ फागुन २०८१ १३:३१ | Monday, March 10, 2025
ज्ञानेन्द्रको सत्कारको जुलुस ‘माग्ने बुढा’को फिल्ममा हेर्न पाइने पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा आइतबार स्वागत गर्दै समर्थकहरू।

काठमाडौँ- एक महिने पोखरा बसाइपछि आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किए। उनी काठमाडौँ आउने क्रममा राजावादी दल र समूहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वारदेखि स्वागत गरेका थिए।

ज्ञानेन्द्रलाई गरिएको सत्कार अब फिल्ममा देख्न पाइने भएको छ। ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले पूर्वराजालाई सत्कार गरेको भिडियो फिल्ममा हेर्न पाइने पुष्टि गरे। उनले  आयोजकको स्वीकृतिसहितको पत्र लिएर आफूहरूले भिडियो लिएको लामिछानेले बताए।

फिल्मका लागि विमानस्थलदेखि महाराजगन्जसम्मको दृश्य खिचिएको छ। जसका लागि फिल्मका ७ जना क्यामेराम्यान खटाएको थियो। साथै ड्रोनको समेत प्रयोग गरिएको छ। फिल्ममा  ३ मिनेटको भिडियो रहने छ। तर, जुलुसका नाराको आवाज भने हुने छैन।

‘माग्ने राजा’  गत फागुन १४ देखि छायांकन भइरहेको छ।  फिल्म नरेन्द्र मैनालीले छायांकन गरिरहेका छन्। फिल्ममा धनी बन्ने महत्वाकांक्षा बोकेको एक गरिबको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। फिल्मका लेखक सामिप्यराज तिमिल्सेना हुन्।

फिल्ममा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। फिल्म आगामी वर्ष २०८२ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: २६ फागुन २०८१ १३:३१ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast