ओली सरकारका कारण प्रतिगामी सलबलाए : माओवादी

हिमाल प्रेस २६ फागुन २०८१ १२:५७
20
SHARES
ओली सरकारका कारण प्रतिगामी सलबलाए : माओवादी फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केपी ओली सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ। माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो।

प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको उहाले बताए।

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको धारणा राखे। बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए।

उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे। त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने जानकारी दिए।

बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समीक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए। हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन सुरु गर्ने माओवादीले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८१ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast