विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न सरकारको निर्देशन

हिमाल प्रेस २६ फागुन २०८१ १२:५९
188
SHARES
विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न सरकारको निर्देशन

काठमाडौँ- नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति वितरणसम्बन्धी निर्देशन जारी गरेको छ। केन्द्रको समावेशी शिक्षा शाखाले सबै स्थानीय तहलाई पत्राचार गर्दै कक्षा ९ र ११ मा अध्ययनरत छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति रकम निकासा गर्न अनुरोध गरेको छ।

यसअघि, शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूले PMT फाराम भरी छनोट प्रक्रिया पूरा गरेका थिए। केन्द्रले २०८० सालको चैत १५ गते नतिजा सार्वजनिक गरेको थियो। छनोटमा परेका विद्यार्थीहरूलाई २०८१ मा कक्षा १० र १२ का लागि छात्रवृत्ति वितरण गरिसकिएको छ। तर, शैक्षिक सत्र २०८० मा कक्षा ९ र ११ मा अध्ययनरत केही विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण हुन नसकेको भन्दै केन्द्रले थप कदम चालेको हो।

छात्रवृत्ति वितरणका लागि सम्बन्धित जिल्ला अन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट शीर्षक ३५००११०१ अन्तर्गत LMBIS प्रविष्टि भइसकेको केन्द्रले जनाएको छ। अब, विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०६० अनुसार सम्बन्धित विद्यार्थीहरूको बैंक खातामा छात्रवृत्ति रकम निकासा गरिनेछ।

समावेशी शिक्षा शाखाले सबै स्थानीय तहलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल रकम वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। सरकारले विपन्न विद्यार्थीहरूको शैक्षिक अवसरलाई सुनिश्चित गर्न र उनीहरूको आर्थिक भार कम गर्न यो कार्यक्रम अघि बढाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast