तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २६ फागुन २०८१ १२:४३
10
SHARES
तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन्।

सोमबार काठमाडौँ १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए। उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए।

उनले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए। ‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन। जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ।’

उपप्रधानमन्त्री सिंहले भने,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेसन सही रुपमा नहुँदा समस्या आउने गरेको छ। जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ।’

प्रकाशित: २६ फागुन २०८१ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast