ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस २६ फागुन २०८१ ११:३८
4
SHARES
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा नगरपालिका-४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्रयाक्टर चालक पदमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगंगा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्रयाक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिएका छन्।

उनका अनुसार ट्रयाक्टरमा सवार रहेका चारजनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ। घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए।

अन्य तीन जना सकुशल रहेको, ट्रयाक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २६ फागुन २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast