सुशान्त केसीको कन्सर्ट भोलि

हिमाल प्रेस २३ फागुन २०८१ २१:०९
20
SHARES
सुशान्त केसीको कन्सर्ट भोलि

काठमाडौँ- गायक सुशान्त केसीको शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ। काठमाडौँ उपत्यकाका संगीतप्रेमी दर्शक र श्रोतामाझ साढे २ वर्षपछि उनी ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन्।

केही दिनअघि सुरू भएको कन्सर्टको तयारी लगभग पूरा भएको आयोजक टिमले जानकारी दिएको छ। कन्सर्टको स्टेज र्‍याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको आयोजकले छ।

चर्चित व्यक्तिहरू आउने आशासहित कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य आयोजक टिमले लिएको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ। केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए।

आफ्नो लागि काठमाडौँमा प्रस्तुति दिनु विशेष भएकाले उत्साहित रहेको गायक सुशान्तले बताएका छन्।

कन्सर्टमा सुशान्त बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत प्रस्तुत गर्ने तयारीमा छन्। उनकाअनुसार दर्शकले उनको नयाँ एक गीत सुन्न पाउनेछन्। उनी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन्।

कन्सर्ट एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो।

प्रकाशित: २३ फागुन २०८१ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast