
काठमाडाैँ- फागुन २३ बिहानदेखि हलमा एक नेपाली र हलिउड फिल्म प्रदर्शन भइरहेको छ। नेपालीमा ‘‘होस्टेल ३’ र ‘हलिउड मिकी १७’।
युवा पुस्तालक्षित होस्टेलकै कथामा बनेको फिल्म हो ‘होस्टेल ३’। फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। अभिनेता प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा देखिनेछन्।
निर्देशक कँडेलकै कथा रहेको फिल्ममा माधव शर्माले पटकथा लेखेका हुन्। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्। फिल्मले हलमा उत्साहजनक सो पाएको छ।
त्यस्तै हलिउड फिल्म ‘मिकी १७’ फिल्म एडभेञ्चर र ड्रामा जनरामा बनेको छ। बोङ जुन होले निर्देशन गरेको फिल्ममा रोबर्ट प्याटिनसन, टोनी कोलेट, मार्क रफालो, स्टीवन युन, नाओमी अकीथोमस टर्गुजलगायत कलाकारको अभिनय छ।