सापकोटाले संसद्‌मा शिक्षक आन्दोलनबारे गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २२ फागुन २०८१ १४:०६
1.4k
SHARES
सापकोटाले संसद्‌मा शिक्षक आन्दोलनबारे गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- आजको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले शिक्षकहरूको चरणबद्ध आन्दोलनको बारेमा सरकारको ध्यानाकर्षण गराए।

उनले भने,‘शिक्षकहरूले अहिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्, एसईई परीक्षा नजिकिदै छ,त्यसैले सरकारले पठनपाठन गराउने बेला शिक्षकहरूलाई आन्दोलनकारी बनाउँदै छ।  शिक्षकहरूलाई मर्यादित भएर आफ्नो पेसामा जाने वातावरण सरकारले निर्माण गरोस्। म संसद् र सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

सापकोटाको भनाइमा शिक्षकहरूको पेसागत मर्यादा र आन्दोलनको कारण सरकारले जिम्मेवारीसँग विचार गर्ने आवश्यकता औंल्याइएको छ।

शिक्षक कर्मचारीहरूले २४ गते शनिबार काठमाडौँको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने योजना बनाएका छन्।

प्रकाशित: २२ फागुन २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast