क्रेस्ट माइक्रो लाइफको आईपीओ खुल्यो, १० हजार कित्तासम्म आवेदन दिन सकिने

हिमाल प्रेस २२ फागुन २०८१ ११:५४
12
SHARES
क्रेस्ट माइक्रो लाइफको आईपीओ खुल्यो, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौँ- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँट गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत, २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बाँडफाँट गरिएको छ।

कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत (६७ हजार ५०० कित्ता) र सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) साधारण सेयर पनि बाँडफाँट गरिसकेको छ। अब, १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ७ गतेसम्म लम्बिनेछ।

प्रकाशित: २२ फागुन २०८१ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast