 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेको छ।
बुधबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद मनिष झाले कुलमान घिसिङलाई हटाउने प्रयासलाई चुनौती दिएका थिए। उनले भने, ‘कुलमान जस्तो कामदारलाई शून्य मूल्यांकन गर्न हामी सहमत छैनौं,’ उनले थपे,‘यदि कुलमानलाई हटाए भने हजारौँ कुलमान ल्याउने छौं।’
कुलमान घिसिङले कम्पनीलाई फाइदामा पुर्याएको भन्दै झाले हटाउने निर्णयको विरोध गरे।
                            प्रकाशित: २१ फागुन  २०८१ १४:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 