काठमाडौँ- गायिका एलिना चौहानको स्वरमा ‘छुट्यो पिरिम’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा धोकेबाज प्रेमीको बन्धनबाट मुक्त भएपछिको खुसी समेटिएको छ। डिपी तिवारीको शब्द रहेको गीतमा नवीन सेञ्चुरीले संगीत भरेका छन्।
एचबिएन किस्मत मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा उनकै संगीत संयोजन छ। डान्सिङ गीतको भिडियोमा सन्जना गुरुङ र सञ्जय विश्वकर्मा (खिमजान)को अभिनय छ।
गीत नेप्को इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
यस्तो छ गीत
प्रकाशित: २० फागुन २०८१ ११:०४ | Tuesday, March 4, 2025
प्रतिक्रिया




