हरर शैलीमा भनिएकाे अन्तरजातीय प्रेमकथा ‘बिना स्वादैको’

हिमाल प्रेस १८ फागुन २०८१ १२:४९
4
SHARES
हरर शैलीमा भनिएकाे अन्तरजातीय प्रेमकथा ‘बिना स्वादैको’

काठमाडौँ- फिल्म ‘वसन्त’ को ‘बिना स्वादैको’ बोलको गीत सार्वजनिक भएको छ। गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर रहेको गीतमा प्रकाश सपुत र देवेन्द्र बब्लुले संगीत भरेका छन्। गीतमा प्रकाश र देवेन्द्रकै स्वर छ।

गीतकाे भिडियोमा अन्तरजातीय प्रेममा रहेका एक जोडीको कथालाई झाँक्री विद्याबाट प्रस्तुत गरिएको छ। कसैले मोहनी लगाएको भन्दै केटापक्षबाट मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ। भिडियो हरर र रोमान्टिक शैलीमा तयार पारिएको छ।

भिडियोमा फिल्मका कलाकार प्रभात पाल ठकुरी, विशाल पहारी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विकको अभिनय छ।

गायक तथा कलाकार प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म आगामी चैत २२ मा प्रदर्शन हुनेछ। फिल्ममा डेब्यु निर्देशक प्रकाशसहित स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन्।

निर्देशक सपुतकै जन्मथलो बागलुङसहित काठमाडौँ र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका छन्। फिल्ममा विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको निर्देशक सपूतले बताएका छन्। फिल्मका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन्।

प्रकाशित: १८ फागुन २०८१ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast