शैक्षिक बजेटका लागि विवरण अद्यावधिक गर्न स्थानीय तहलाई मानव स्रोतको यस्तो पत्र

हिमाल प्रेस १८ फागुन २०८१ १०:४०
1.6k
SHARES
शैक्षिक बजेटका लागि विवरण अद्यावधिक गर्न स्थानीय तहलाई मानव स्रोतको यस्तो पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) भक्तपुरले सबै स्थानीय तहलाई पत्र पठाउँदै कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्न अनुराेध गरेको छ।

साे विषयमा विगत वर्षदेखि नै वार्षिक कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण संकलन भइरहेको छ। आर्थिक वर्ष २०६२/०६३ को वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रारम्भ भएकाले सम्बन्धित स्थानीय तहको Integrated Educational Management Information System IEMIS मा लगइन गरी Local Level मेनुको Form र School Form मा गई सबै विवरण फागुन मसान्तभित्र अनिवार्यरूपमा प्रविष्टि गरी पठाउन केन्द्रले अनुराेध गरेको छ।

साथै, विवरण नभरेका कारण स्थानीय तहमा निकासा हुने रकममा कुनै फरक परेमा स्थानीय तह स्वयम् जिम्मेवार हुनेमा केन्द्रले सचेत गराएको छ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System- IEMIS) को वेब पेज (https://emis.cehrd.gov.np) मा स्थानीय तहको युजर र पासवर्ड प्रयोग गरी log in गर्ने,  Dashboard मा रहेको Local Level भन्ने Menu मा क्लिक गरेपश्चात देखिने Form मा क्लिक गर्ने र उल्लिखित विवरणहरू फरक नपर्ने गरी भरेर Submit गर्नुपर्नेछ। Form लाई Submit गरेपश्चात उक्त विवरण प्रिन्ट गरी प्रमाणित गरेर स्क्यान कपी [email protected] मा र Hard Copy केन्द्रको शैक्षिक सूचना व्यवस्थापन शाखामा पठाउन अनुरोध गरिएको छ।

Dashboard मा रहेको Local Level भन्ने Menu मा क्लिक गरेपश्चात् देखिने School Form मा क्लिक गरेपछि विद्यालयको सूची देखिनेछ। क्रमशः विद्यालयको नामको दायाँतर्फ रहेको Action बटनमा क्लिक गरी उल्लिखित विवरणहरू फरक नपर्ने गरी भरेर Save गर्ने प्रक्रिया छ।

सबै विद्यालयको School Form भरिसकेपछि Export बटनबाट Export पश्चात उक्त विवरण प्रिन्ट गरी प्रमाणित गरेर स्क्यान कपी [email protected] मा रHard Copy यस केन्द्रको शैक्षिक सूचना व्यवस्थापन शाखामा पठाउन पत्रमा उल्लेख छ।

प्रकाशित: १८ फागुन २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast