प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

हिमाल प्रेस १६ फागुन २०८१ १७:२०
10
SHARES
प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक।

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन्।

‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौँ।’

उनले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको बताए। ‘हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ।’

गृहमन्त्री लेखकले शिक्षा, स्वास्थ्यको क्षेत्रका केही छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताए। उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरे।

निजी तथा आवासीय विद्यालयहरुले आफूभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उनको भनाई थियो। ‘तपाईँहरुले आवश्यकताभन्दा बढी शुल्क लिने अभिभावकलाई दबाब दिने, प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्ने जस्ता काम गरिराख्नु भएको छ भने बन्द गर्नुस् नभए सरकारले नियन्त्रण गर्छ।’

उनले सरकारले निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयहरुका लागि सन्तुलित निति निमार्ण गर्ने जानकारी दिए।

कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको बताउँदै लेखकले देश विकासका लागि स्थिर सरकार बनाएको उल्लेख गरे।

‘अहिलेको समीकरण सरकार बनाउनका र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन,’ गृहमन्त्री लेखकले भने, ‘हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस् र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्नतिको यात्रामा अघि बढाउन बनेको हो।’

प्रकाशित: १६ फागुन २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast