फूलपातीमा प्रदर्शन हुने ‘बलिदान’ बारे यसाे भन्छन् निर्देशक सन्ताेष

हिमाल प्रेस १६ फागुन २०८१ १४:१४ | Friday, February 28, 2025
फूलपातीमा प्रदर्शन हुने ‘बलिदान’ बारे यसाे भन्छन् निर्देशक सन्ताेष

काठमाडौँ- नव कलाकार समीर भट्ट अभिनीत ‘बलिदान’ आगामी फूलपाती अर्थात् २०८२ साल असोज १३ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक सन्तोष सेनले फेसबुकमा पोस्टर सेयर गर्दै आगामीवर्ष फूलपातीमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन्।

दसैँको फूलपातीका दिन कालीमातालाई बली चढाउने परम्परा रहिआएको भन्दै उनले लेखेका छन्, ‘संयोगवश, ‘बलिदान’को कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ। यसले यहाँ मात्र होइन, जहाँसुकै हुने शोषण र शोषित वर्गको यथार्थ चित्रण गर्छ।’

निर्देशक सेनले ‘बलिदान’ कथाको पनि महाकथा बन्न पुगेको बताउँदै निर्देशक सेनले फिल्ममा आफूले जीवनभरको रगत बगाएकोसमेत उल्लेख गरेका छन्। ‘जब मैले ‘बलिदान’ जस्तो फिल्म निर्माण गर्ने सोच बनाएको थिएँ, यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ। कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत (पसिनामध्ये सबैभन्दा धेरै यसमा बगाएको महसुस भएको छ।’ उनी थप्छन्, यस फिल्मको मूल आधार यसको कथा नै हो। लेखकहरूसँग बारम्बारको संवादपछि यो कथा केवल एउटा समयको मात्रै नभई हिजो, आज र भोलिका सबै युगको कथाको पनि महाकथा बन्न पुग्यो।’ ‘बलिदान’को प्रोडक्सन कार्य सम्पन्न भइसकेको र पोस्ट(प्रोडक्सन प्रक्रियामा प्रवेश गरेको उनले बताएका छन्।

प्रकाशित: १६ फागुन २०८१ १४:१४ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast