सापटी रकम फिर्ता मागेपछि साथीको हत्या

हिमाल प्रेस १५ फागुन २०८१ १९:२६
14
SHARES
सापटी रकम फिर्ता मागेपछि साथीको हत्या

काठमाडौँ- साथीको हत्या गरेको आरोपमा प्रहरीले पर्साबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारी रहेका प्रहरीले जनाएको छ।

उनीहरू वीरगञ्ज–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ।

७ फागुनमा काम गर्न भनी घरबाट हिँडेका इशाल बेपत्ता भएपछि उनका बुबा जोगिन्द्रप्रसादले ८ गते खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले ११ फागुनमा इशालको शव भेडैया खोलामा तैरिरहेको अवस्थामा बरामद गरेको थियो।

अनुसन्धानका क्रममा इशालका साथी मुकेश, अरुण र मुनाले हत्या गरेको खुलेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए।

तास खेल्दै गर्दा पैसाको विषयलाई लिएर विवाद हुँदा तीन जना मिलेर इशालको हत्या गरी शवलाई भेडैया खोलामा फ्यालेको अनुसन्धानबाट खुलेको उनले बताए। सापटी रकम फिर्ता नदिने मनसायका साथ उनीहरूले इशालको हत्या गरेको डीएसपी भट्टको भनाइ छ।

घटनास्थलबाट मृतकको पर्स, साइकल, चप्पल, मृतकले प्रयोग गर्ने मोबाइल फोनलगायतका समान बरामद भएको छ।

पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: १५ फागुन २०८१ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast