ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

हिमाल प्रेस १५ फागुन २०८१ १३:२५ | Thursday, February 27, 2025
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

कञ्चनपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ। मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन्।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ फागुन २०८१ १३:२५ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast