इटहरीमा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

हिमाल प्रेस १४ फागुन २०८१ १७:४० | Wednesday, February 26, 2025
इटहरीमा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

इटहरी – इटहरीमा सट्टेबाजी खेल खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी २० का ३० वर्षीय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन्।

इटहरी ६ संगीत चोकमा रहेको इडिङ्गो होटलमा बसेर विद्युतीय सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। यद्यपि, उनीहरूलाई बुधबार मात्रै सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उपकरणहरुसमेत चेकजाँच गर्दा सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने एप रहेको उक्त एपमार्फत ‘वान–एक्स बेट’ सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने उपकरण बरामद गरिएको छ।

पक्राउ परेका तीनैजनामाथि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ।

प्रकाशित: १४ फागुन २०८१ १७:४० | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast