सांकेतिक तस्बिर।
न्यपिद्व– म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन ७ हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ। प्रजातान्त्रिक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुर्याएको केही दिनपछि यस्तो घोषणा भएको हो।
सेनाले सत्ता कब्जा गरेको करिब २ वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ। बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ।
बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा बुधबार (आज) ‘ट्यांक, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ प्रदर्शन गरिएको थियो। परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए।
प्रकाशित: २१ पुष २०७९ ६:१५ | Thursday, January 5, 2023
प्रतिक्रिया



