‘कमेडी किड्स’ मा सहभागी हुन चाहनुहुन्छ? खुल्यो अडिसन

हिमाल प्रेस १४ फागुन २०८१ ११:३५
4
SHARES
‘कमेडी किड्स’ मा सहभागी हुन चाहनुहुन्छ? खुल्यो अडिसन

काठमाडौँ- बालबालिका लक्षित रियालिटी सो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुलाइएको छ। महाशिवरात्रिको अवसरमा आयोजकले डिजिटल अडिसन खुलाएको हो। सो रघुजी फिल्म्सले आयोजना गरेको हो।

सो मा ४ देखि १४ वर्षसम्मका बालबालिकाले सहभागी हुन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। उनकाअनुसार सहभागी इच्छुकले बढीमा २ मिनेटसम्मकाे एक्लै वा समूहमा भिडियो बनाएर व्हाट्स एप, जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ।

डिजिटल अडिसनबाट छानिएका सहभागीलाई फिजिकल अडिसनमा छनोट गरिने सो का निर्देशक सन्तोष खनालले जानकारी छ। उनकाअनुसार सो को जुरी र अन्य टिम फाइनल भई सकेको र छिट्टै सार्वजनिक गरिनेछ। सो राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुनेछ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनर ओएसआर कनेक्ट रहेको छ।

प्रकाशित: १४ फागुन २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast