महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिर पुगे प्रधानमन्त्री ओली

हिमाल प्रेस १३ फागुन २०८१ २०:२८ | Tuesday, February 25, 2025
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिर पुगे प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज (मंगलबार) पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन्।

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका थिए। साथै उनले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई सहजरूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुगेका थिए।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ।

प्रकाशित: १३ फागुन २०८१ २०:२८ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast