शिक्षामन्त्री विद्या भट्टराईको स्वास्थ्य सुधारोन्मुख

हिमाल प्रेस १३ फागुन २०८१ १०:४६ | Tuesday, February 25, 2025
शिक्षामन्त्री विद्या भट्टराईको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। रुघाखोकी, ज्वरो र घाँटीमा समस्या देखिएपछि मन्त्री भट्टराईलाई पाँच दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको थियो।

भट्टराईकी निजी चिकित्सक मीना अधिकारीले ज्वरो निको हुँदै गएको बताइन्। उनले हिमालप्रेससँग भनिन्, ‘उहाँको घाँटीमा पहिलादेखि नै समस्या थियो। त्यसैले घाँटीको थप उपचार र परीक्षण गरिरहेका छौँ।’

उनले मन्त्री भट्टराईको डिस्चार्ज हुन अझै केही दिन लाग्ने बताइन्। डा. अधिकारीले भनिन्, ‘अहिले भट्टराईको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। रुघाखोकी पनि बिग्रिएकाले अझै केही दिन अस्पतालमा बस्नुपर्छ।’

प्रकाशित: १३ फागुन २०८१ १०:४६ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast