नेपाली कांग्रेस प्युठान जिल्ला सम्मेलनमा सहभागी सर्वसाधारण। तस्बिर सौजन्य : गगन थापाको फेसबुक
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा रहेका राम्रा व्यवस्थालाई नचलाईकन संशोधन गरिने बताएका छन्। नेपाली कांग्रेस प्युठान जिल्ला सम्मेलनलाई सोमबार प्युठानमा सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन्।
उनले संविधानमा रहेका संघीयता, गणतन्त्र, समावेशिताजस्ता विषयलाई नचलाईकन संविधान संशोधन गरिने बताए। उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमा केही अत्यन्त राम्रा र दुर्लभ पक्ष रहेको बताए। संविधानमा रहेका राम्रा पक्षलाई जोगाइने उनको भनाइ छ। महामन्त्री थापाले वर्तमान संविधानमा रहेका जिल्ला समन्वय समितिको व्यवस्था, सांसदहरूको संख्या, मन्त्रीहरूको संख्या घटाउन सकिने धारणा व्यक्त गरे।
प्रकाशित: १२ फागुन २०८१ १५:५८ | Monday, February 24, 2025
प्रतिक्रिया




