कमेडियन सजन श्रेष्ठलाई लगातार धम्की, पुगे साइबर ब्युरो

हिमाल प्रेस १२ फागुन २०८१ ९:०३ | Monday, February 24, 2025
कमेडियन सजन श्रेष्ठलाई लगातार धम्की, पुगे साइबर ब्युरो

काठमाडौँ- कमेडियन सजन श्रेष्ठले साइबर ब्युरोमा उजुरी दिएका छन्। केही दिनअघि गायक कुमा सागरका विषयमा बोल्दा विवादमा तानिएका श्रेष्ठमाथि लगातार धम्की आएपछि साइबर ब्युरोमा उजुरी दिएका हुन्।

उनले कुमा सागरको विषयमा माफी समेत मागेका छन्। अहिले श्रेष्ठलाई आफू र आफ्नो परिवारलाई धम्कि आइरहेको कारण सुरक्षा थ्रेट बढेको बताएका हुन्।

फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ ।

प्रकाशित: १२ फागुन २०८१ ९:०३ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast